समाचारबिहीबार, पौष ४, २०७०

कांग्रेसका आरोपित भन्छन्– ‘अन्तर्घात गरेको छैन’

हिमालखबर

संविधानसभा निर्वाचनमा अन्तर्घात गरेको आरोप खेपिरहेका कांग्रेस केन्द्रीय सदस्यले सफाई दिएका छन् । पार्टी कार्यालय सानेपामा ४ पुसमा बसेको केन्द्रीय समिति बैठकमा उनीहरुले आफूमाथि परेको उजुरीप्रति चर्को खण्डन गरेका हुन् ।

निर्वाचनको बेला कुनै पनि अन्तर्घात नगरेको उनीहरुले दावी गरेको एक केन्द्रीय सदस्यले हिमालखबरसँग बताए । प्रत्यक्षतर्फको निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उजुरी परेका तीन जना केन्द्रीय सदस्यले ४ पुसको बैठकमा बोलेका थिए ।

पार्टीकै उम्मेदवारलाई हराउन होइन, जिताउन भूमिका खेलेको उनीहरुले बताएको एक केन्द्रीय सदस्यको भनाई छ । अन्तर्घातको आरोप खेपिरहेका केन्द्रीय सदस्य बाबुराम राना, मीन विश्वकर्मा र मीना सुब्बाले आफूहरुमाथि तथ्यहीन आरोप लागेको बताएका हुन् ।
बैठकमा दीपकुमार उपाध्याय, किशोरसिंह राठौर, दिलेन्द्र बडु लगायत ११ जना केन्द्रीय सदस्यले बोलेका थिए ।

बैठकपछि केन्द्रीय सदस्य रामशरण महतले समानुपातिकतर्फको सभासद् चयन लगायतको विषयमा छलफल भएको बताए ।

कांग्रेसका संस्थापन तथा देउवा पक्षधर नेताले निर्वाचनको बेला अन्तर्घात गरेको भन्दै एकअर्कालाई आरोप लगाइरहेका छन् । दुवै पक्षले प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारविरुद्ध लाग्नेलाई समानुपातिकतर्फको सभासद् चयन गर्न नहुने बताइरहेका छन् ।

कांग्रेसमा संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई नै अन्तर्घात गरेको भन्दै समानुपातिकतर्फका ३४ उम्मेदवारविरुद्ध उजुरी परेको छ । कांग्रेसको अनुशासन समितिले त्यो उजुरीको फेहरिस्त तयार पारेर संसदीय समितिलाई बुझाइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>