थप समाचारशुक्रबार, पौष ५, २०७०
पाँच स्रष्टा अभिनन्दित
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती बैरागी काँइला, बरिष्ठ संगितकार अम्बर गुरुङ, झर्राेवादी लेखक चुडामणी रेग्मी, साहित्यकार कृष्ण धराबासी र जस योञ्जन प्यासीलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले झापामा अभिनन्दन गरेको छ ।
स्रष्टाहरुलाई झापाको विर्तामोडमा महासंघद्वारा आयोजित एकहप्ते बृहत राष्ट्रिय शैक्षिक महोत्सव तथा पुस्तक प्रदर्शनीको उद्घाटन सभामा ४ मंसीरमा अभिनन्दन गर्नुअघि रथयात्रा गराइएको थियो ।
कार्यक्रममा नेपाल र भारतका साहित्य र संगितका साधकहरुको जमघट रहेको थियो । कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यद्धारा उदघाटन गरिएको प्रदर्शनीमा प्रकाशन गृहहरुका ८१ वटा स्टल छन् ।
गोपाल गडतौला, झापा
