समाचारशुक्रबार, पौष ५, २०७०

कोइरालाको निर्वाचन खर्च नौ लाख

हिमालखबर

निर्वाचन कार्यालय चितवनका अनुसार कार्यकर्ता परिचालन, इन्धन, सवारी साधन, कार्यालय सञ्चालन, विद्युतीय एवम् छापा माध्यममा प्रचार, प्रचार सामग्री खरिदलगायतमा कांग्रेस सभापति सुशील कोइरालाले रु ९ लाख ४६ हजार ४१० खर्च भएकोे विवरण बुझाएका छन् ।

कोइरालाको चुनावी खर्च जुटाउन नारायणगढस्थित राइजिङ डेभलपमेन्ट बैंकमा खाता खोलेर सहयोग अपिल गरिएको थियो । नेपाली कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले स्थानीय उद्योगी व्यवसायी, पेसाकर्मी र दाताहरूस“ग आर्थिक सङ्कलन गरी खर्च जुटाइएको बताए ।

निर्वाचन आयोगले खर्चको दायरा प्रत्यक्ष उम्मेदवारका लागि रु १० लाखसम्म मात्र तोकेपछि सभापति कोइरालाको खर्च विवरण पनि सोहीभित्र पर्ने गरी तयार गरिएको हो ।

यस्तै नेकपा एमालेकी पार्वती रावलले पनि निर्वाचन खर्च विवरण बुझाएकी छन् । रावलले रु सात लाख २८ हजार ३१ खर्च विवरण पेस गरेकी छन् ।

चितवनमा नौ जना उम्मेदवारले आफ्नो चुनावी खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाइसकेका छन् ।

निर्वाचनको मत परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ ।

प्रत्यक्षले सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र समानुपातिकले निर्वाचन आयोगमा खर्च विवरण पेस गर्नुपर्ने व्यवस्था ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>