समाचारशनिबार, पौष ६, २०७०
दाङमा सवारी दुर्घटनाः दुईको मृत्यु
दाङको नारायणपुर–७ नारायणपुर बजारमा ६ पुस साँझ ५ बजे टिप्परले ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
दाङको घोराही र तुलसीपुरको बीचमा पर्ने नारायणपुर बजारमा रा १ क १३८ नम्बरको टिप्पर (सानो ट्रक) ले रा १ प ५३९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दाङ नारायणपुरका हिमबहादुर भण्डारी (३८) र रोल्पा डुब्रिङ–९ रोल्पाका शेरबहादुर भण्डारी (४६) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनापछि मृतकका आफन्तहरुले घोराही–तुलसीपुर सडकखण्ड अबरुद्ध गराएका छन् । प्रहरीका अनुसार टिप्पर र मोटरसाईकल दुवै घोराहीबाट तुलसीपुरतर्फ जाँदै थिए ।
देविका घर्ती मगर, दाङ
