समाचारआइतबार, पौष ७, २०७०

एमाओवादीले अड्को थाप्यो

हिमालखबर

नेकपा एमाले र एमाओवादीका शीर्ष नेताबीच ७ मंसीरमा काठमाडौंमा भएको बैठकमा एमाओवादीले निर्वाचनमा धाँधली भएको आरोप दोहोर्‍याउँदै छानविनका लागि आयोग गठन गर्नुपर्ने अडान नछाडेपछि कुनै सहमति हन सकेन ।

शान्ति कोष सचिवालय बबरमहालमा बसेको बैठकमा एमाओवादीले छानविन आयोग गठन नभएसम्म निर्वाचन आयोगमा समानुपातिकतर्फको नामावली नबुझाउने अडान दोहोर्‍याएको थियो ।

एमालेले संविधानसभाबाटै सबै समस्याको समाधान खोज्न भन्दै संविधानसभाभित्रै समिति गठन गरेर पनि छानविन गर्न सकिने बताएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुस“ग कुरा गर्दै एमाओवादी नेता पोष्टबहादुर बोगटीले आफ्ना मागहरुमा प्याकेजमा सहमति नभएसम्म संविधानसभामा जान नसक्ने बताए । उनले एक वर्षभित्र संविधान जारी गर्ने सैद्धान्तिक सहमति भएपनि ठोष निष्कर्ष नआएको जानकारी दिए ।

नेकपा एमालेका नेता रघुजी पन्तले एमाओवादीले संविधानसभा बाहिरबाट समस्याको समाधान गर्ने प्रस्ताव दोहो¥याएकाले कुनै सहमति नभएको प्रतिक्रिया दिए ।
उनले संविधानसभा बैठक बस्ने वातवरण बनाएर त्यसैबाट समाधान खोज्न आफूहरुले प्रस्ताव गरे पनि एमाओवादीले संविधानसभालाई पूर्णता दिनेतर्फ चासो नदिएको बताए ।

फेरि संयन्त्रको प्रस्ताव

बैठकमा एमाओवादीले संविधानसभा बाहिर रहेका दलहरुलाई समेत समेटेर राजनीतिक संयन्त्रलाई निरन्तरता दिन प्रस्ताव गरेको छ ।

राजनीतिक निकासका लागि दलहरुको भूमिका निर्णयक हुने भन्दै एमाओवादीले राजनीतिक संयन्त्रलाई निरन्तरता दिने प्रस्ताव गरे पनि एमालेले बिगतमा संविधानसभा बाहिरबाट सहमति खोज्ने प्रयास असफल भएको भन्दै संयन्त्रको मागलाई अस्वीकार गरेको थियो ।

संविधानसभालाई पूर्णता दिई संविधानसभा भित्रैबाट समाधान खोज्नुपर्ने एमालेको स्पष्ट अडान छ ।

यसअघि आजै भएको नेपाली कांग्रेस र एमालेबीचको बैठकमा समानुपातिक तर्फको सूची समयमै बुझाएर संविधानसभालाई चाँडै पूर्णता दिने सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>