समाचारआइतबार, पौष ७, २०७०

एमाओवादीले पराजयको आन्तरिक र बाह्य कारण खोज्ने

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास, जहाँ बसेको बैठकले पार्टी हार्नुको आन्तरिक कारण केलाउने निर्णय गर्यो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा ७ मंसिरमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले संविधानसभामा पार्टी पराजित हुनाको आन्तरिक र बाह्य कारणबारे आन्तरिक रूपमा समीक्षा गर्ने निर्णय गरेको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए ।

बैठकमा आगामी केन्द्रीय समितिको बैठकमा पेस गरिने कार्यसूची र दलहबीच भइरहेको वार्ता र संवादका विषयमा समेत छलफल भएको थियो । गत माघमा सम्पन्न हेटौंडा महाधिवेशनले राजनीतिक रूपमा पार्टीको पूँजीवादी जनवादी कार्यक्रमलाई अगाडि बढाउने प्रस्ताव पारित गरे पनि त्यसलाई कार्यान्वयन गर्ने साङ्गठनिक संरचना भद्दा र अव्यवस्थित भएको भन्दै त्यसमा सुधार गर्नुपर्ने विषय समेत छलफलमा उठेको थियो ।
यही ९ पुसमा देखि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन भई यही २० पुसमा हुने भएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>