थप समाचारसोमबार, पौष ८, २०७०

संघीय समाजवादीले समानुपातिक सूचि बुझाउने

हिमालखबर

संसपाका अध्यक्ष अशोक राईको अध्यक्षतामा राजधानीमा सम्पन्न केन्द्रीय समिति बैठकले संविधानसभामा जाने निर्णय गरेको हो । बैठकले संविधानसभामा जाने निर्णय गरेको संसपाका उपाध्यक्ष गोपाल ठाकुरले जानकारी दिए ।

चुनावमा धाँधली भएको दाबी गर्दै आएको एमाओवादीले छानविन आयोग गठन नभए १८ दल संविधानसभामा नजाने बताईरहेका बेला संसपाले यस्तो निर्णय गरेको हो । निर्वाचन आयोगले समानुपातिकको सूचि बुझाउने म्याद १० पुस तोकेको छ ।

संविधानसभामा जम्मा पाँच सिट आएपछि पार्टी अध्यक्ष राई संविधानसभामा नजाने स्रोतले जानकारी दिएको छ । उपाध्यक्षद्वय विजय सुब्बा र गोपाल ठाकुर वा महासचिव राजेन्द्र श्रेष्ठ मध्ये एक जनाको नेतृत्वमा संविधानसभा जाने तयारी भईरहेको छ ।

यस्तै पृथ्वीमान गुरुङ, जीवन राना, महालक्ष्मी महत, होम गलामी, नविन विश्वकर्मा र  राजकुमार मण्डललाई निस्काशन गरेको पनि उपाध्यक्ष ठाकुरले बताए ।

बैठकले पार्टीको राष्ट्रिय कार्यकर्ता भेला ११ र १२ पुसमा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>