समाचारसोमबार, पौष ८, २०७०

तीन दलबीच संयन्त्र गठनमा कुरो मिलेन

हिमालखबर

तस्वीर: आनन्दराम डंगोल

प्रमुख तीन दलबीच स्थायी किसिमको राजनीतिक संयन्त्र बनाउने विषयमा बिमती देखिएको छ । बबरमहलस्थित शान्ति कोष सचिवालयको कार्यालयमा ८ पुसमा बसेको प्रमुख तीन दलको बैठकमा राजनीतिक संयन्त्रको स्थायी संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बनाउने विषयमा बिमती देखिएको हो ।

एमाओवादीले एक वर्षभित्र सहमतिमा संविधान निर्माण गर्न दाहालको संयोजकत्वमा स्थायी किसिमको राजनीतिक संयन्त्र निर्माणको प्रस्ताव गरेको छ । एमाओवादीको प्रस्ताव कांग्रेस र एमालेले नै अस्वीकार गरको एमाले नेता रघु पन्तले जानकारी दिए । उनले संविधानसभामै सबै विषयको छलफल र निकास निकाल्नुपर्ने बताए ।

बैठकमा एमाओवादीले संविधान जारी भएको एक वर्षभित्र आमचुनाव गर्नुपर्ने प्रस्ताव पनि गरेको छ । तर, एमाओवादीको त्यो प्रस्तावमा पनि सहमति हुन नसकेको पन्तले जानकारी दिए ।

बैठकपछि एमाओवादी नेता पोष्टबहादुर बोगटीले दलहरुबीच सहमति नभएसम्म आफूहरु संविधानसभामा नजाने बताए । तर, ७ पुसमा कांग्रेस, एमाले र एमाओवादीबीच भएको छुट्टाछुटटै छलफलमा निर्वाचनमा धाँधलीको आरोपबारे संविधानसभामै समिति गठन गरेर छानबिन गर्ने, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गर्ने, एक वर्षभित्र संविधान जारी गर्ने लगायतका विषयमा सहमति भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>