समाचारबुधबार, साउन १०, २०६९

गोविन्दराज जोशीलाई डेढ वर्ष कैद, दुइ करोड जरिवाना

हिमालखबर

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले १० साउनमा जोशीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाई गरेको हो । विशेष अदालतले जोशीलाई डेढ वर्ष कैद र रु‍. दुइ करोड १६ लाख १४ हजार जरिवाना गर्ने फैसला सुनाएको छ ।
सार्वजनिक पदमा बहाल रहेको बेलामा गैरकानुनी रुपमा अकुट सम्पत्ति आर्जन गरेको भन्दै जोशीविरुद्ध २८ पुस २०६० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगका अनुसार जोशीको रु. ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपियाँ बराबरका सम्पत्तिको स्रोत खुलेको थिएन ।

विशेष अदालतका तात्कालिन अध्यक्ष न्यायाधीश भुपध्वज अधिकारी र सदस्यहरु चोलेन्द्र शमशेर राणा र कोमलनाथ शर्माले हद म्याद नाघेको भन्दै मुद्दा खारेज गरेको थियो । जोशी ८ जेठ २०५९ सम्म र्सार्वजनिक पदमा थिए । अख्तियारले ३० कार्तिक २०६३ मा विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि जोशीको मुद्दामा सुनुवाई भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>