थप समाचारसोमबार, पौष ८, २०७०

अधिकारी दम्पत्तिको जीवन रक्षाको माग

हिमालखबर

सङ्गठनले अधिकारी दम्पत्तिको स्वास्थ्य स्थिति अत्यन्तै चिन्ताजनक रहेको भन्दै अविलम्ब उनीहरूको माग पूरा गरी जीवन रक्षाका लागि सरकारलाई आग्रह गरेको हो ।

गोरखा जिल्ला फूजेल निवासी नन्दप्रसाद अधिकारी र गङ्गामाया अधिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २४ जेठ २०६१ म तत्कालीन माओवादीका कार्यकर्ताले निशस्त्र अवस्थामा  नियन्त्रणमा लिई हत्या गरेकाले दोषीलाई कानुनी कारबाहीको माग गर्दै उनीहरू ६० दिनदेखि वीर अस्पतालमा आमरण अनशनमा रहेका छन् । अधिकारी दम्पत्तिको यो दोस्रो पटकको अनशन हो ।

सोही विषयलाई लिएर विभिन्न अधिकारकर्मीले ८ पुसमा वीर अस्पताल अगाडि विरोध प्रदर्शन गर्दै दिउँसै मैनबत्ती बालेर न्याय मागेका थिए ।  कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले सरकारले विधिको शासन कायम राख्न सो घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने बताए ।

सङ्गठनका अध्यक्ष सुदीप पाठकले मानव अधिकारको दृष्टिकोणले उनीहरूको स्वास्थ्य गम्भीर बन्दै गएको हुँदा नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको भएकाले हत्यारालाई कानुनको दायरामा ल्याउन माग गरे । सङ्गठनले आजै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटालाई ध्यानाकर्षण गरेको बताएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>