थप समाचारसोमबार, पौष ८, २०७०

मानव खप्परसहित दुई बाबा पक्राउ

रासस

पक्राउ पर्नेमा त्यागी बाबा र डमरु बाबा रहेको सशस्त्र प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी त्यागीसँग झगडा गर्न गएका डमरुले मानव खप्परका विषयमा कुरा गर्दै गरेको बेला सशस्त्र प्रहरी बल पशुपति मन्दिर सुरक्षा बेसबाट नियमित गस्तीमा रहेको टोलीले उनीहरुलाई पक्राउ गरेको सो बलका प्रहरी नायब उपरीक्षक अजय छत्कुलीले जानकारी दिए ।

ती मानव खप्परमध्ये दुई वटा करिब एक सय वर्ष पुरानो रहेको बताइएको  छ । मानव खप्परमध्ये दुई वटामा कालो धुँवा लागेको र पुरानो देखिएको छ । अर्को मानव खप्पर हालसालै मात्र खनेर निकालेको जस्तो देखिएको छ र यसमा माटो पनि टाँसिएको छत्कुलीले बताए । पक्राउ परेकालाई थप अनुसन्धान गरी नेपाल प्रहरीलाई बुझाउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>