थप समाचारसोमबार, पौष ८, २०७०
रोल्पामा दुर्घटना हुँदा दुई महिलाको मृत्यु
रोल्पा सदरमुकाम लिबाङमा ८ पुसमा जीप दुर्घटना हुँदा कोटगाउँ–१ की तीर्थकुमारी बुढामगर(३५) र कर्मा घर्ती मगर(४२)को मृत्यु भएको प्रहरीले जनाएको छ । रा१ज ४०१ नं.को जीप रोक्न खोज्दा सडकबाट करिब ३ सय मिटर मुनि खस्दा सात जना घाइते भएका छन् ।
घाइतेहरुको उपचार रेउघास्थित जिल्ला अस्पतालमा सुरु गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए । घाइते हुनेहरुमा प्युठान विजुवार–४ पुनिखोलाका ११ वर्षीय गोविन्द घर्ती, रोल्पा कोटगाउ–१ का २५ वर्षीय भानमति घर्ती र ३५ वर्षीय नन्दकला घर्ती, प्युठान जुम्रीडाँडा–७ का ३४ वर्षीय हर्कमा घर्ती र ६० वर्षीय ओमप्रकाश घर्तीमगर छन् । यस्तै रोल्पा कोटगाउँ–१ का २६ वर्षीइ का सरिता घर्ती, सल्यान हिउच्चा–५ का ३५ वर्षीय दुजकुमारी थापा र ५० वर्षीय खिमबहादुर थापा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनापघि दाङ घर भएका जीप चालक र खलासी दुवै फरार रहेका छन् ।
देविका घर्ती मगर, दाङ
