थप समाचारमंगलबार, पौष ९, २०७०

संरक्षणविद हुतराम वैद्य रहेनन्

हिमालखबर

फोक्सोमा समस्या देखिएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका कृषि इञ्जिनियर एवम् संरक्षणविद हुताराम वैद्यको ९४ वर्षको उमेरमा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले जानकारी दिएका छन् ।

वि.सं. २००७ मा भारतको इलाहाबाद विश्वविद्यालयबाट कृषि इन्जिनियरिङ गरेका हुतराम वैद्य मुलुककै पहिलो कृषि इञ्जिनियर हुन् । १४ वर्षसम्म कृषि विभागमा काम गरेका उनले नेपालमा बहुवर्षीय गहुँबाली भित्र्याएका थिए ।

बागमती सफाइ अभियानका अभियन्ता वैद्यले बागमती सभ्यता बचाउन जीवनभर क्रियाशिल थिए । उनका वातावरण र बागमती सम्बन्धी १० वटा पुस्तक प्रकाशित छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>