थप समाचारमंगलबार, पौष ९, २०७०
अफगानिस्तानमा ४४७ बेलायती सैनिक मारिए
अफगानिस्तानमा ८ पुसमा एक बेलायती सैनिकको मृत्यु भएपछि अफगानिस्तानमा मृत्युहुने ब्रिटिश सैनिकको सङ्ख्या ४४७ पुगेको ९ पुसमा बेलायती प्रतिरक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मारिएकामध्ये ४०४ जना विद्रोहीको आक्रमणमा मारिएका र ४३ जनाको बिरामीकाकारण मृत्यु भएको बताइएको छ । हाल अफगानिस्तानमा पाँच हजार २०० बेलायती सैनिक कार्यरत छन् ।
मन्त्रालयका अनुसार अफगानिस्तानमा नेटोसँगआवद्ध सैनिक सेवामा रहेका बेलायती सेनाका एकजना इञ्जिनियरको ८ पुसमा हत्या भएको थियो । पूर्वी काबुलमा विद्रोहीको गोली प्रहारबाट भएको मृत्युप्रति मन्त्रालयले दुःख व्यक्त गरेको छ ।
अफगानिस्तानमा अमेरिकाको नेतृत्वमा सन् २००१ देखि तालिवान लडाकू विरुद्ध शुरु गरिएको ‘अफगान वार’मा संलग्न बेलायती सैनिकहरु हालसम्म ४४७ जना मारिएका जानकारी मन्त्रालयले दिइएको हो ।
सन् २०१४ को अन्त्यसम्ममा ती सबै सैनिकलाई अफनिस्तानबाट फिर्ता बोलाइने निर्णय यसअघि नै बेलायतले गरिसकेको छ ।
सिन्ह्वा
