समाचारबुधबार, साउन १०, २०६९

अवसरवादीहरुसँग सँगै बस्न सकिएनः महासचिव थापा

हिमालखबर

महासचिव थापाले अवसरवादीहरुसँगै बसेर क्रान्ति पूरा हुन नसक्ने भएकाले समयमै सम्बन्ध विच्छेद गरिएको बताए । बुटवलमा १० साउनदेखि सुरु पार्टी निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको तेस्रो राष्ट्रिय भेला उद्घाटन कार्यक्रममा बोल्दै महासचिव थापाले एमाओवादीबाट क्रान्ति र परिवर्तनको आशा गर्न नसकिने उल्लेख गरे ।

कार्यक्रममा थापाले क्रान्तिलाई पूरा गर्न क्रान्तिकारीहरुबीच संयुक्त मोर्चा गठन गर्न जरुरी रहेको बताउँदै अवसरवादीहरुविरुद्व क्रान्तिकारीबीच धुर्वीकरणको विकल्प नभएको बताए । वर्तमान सरकारले भारतसँग विप्पाजस्ता सम्झौता गरेको बताउँदै यस्तो राष्ट्रहित विपरित काम गर्ने सरकारलाई हटाएर क्रान्तिकारी शक्तिहरुबीच सहमति गरेर नयाँ सरकार बनाउन आवश्यक रहेको बताए ।

महासचिव थापाले संविधानसभा विघटनपछि आएको सङ्कटको समाधान गर्न सर्वपक्षीय सम्मेलनको पनि आवश्यक रहेको र क्रान्तिकारी आन्दोलनलाई नेकपा-माओवादीले सशक्त ढङ्गले अघि बढाउने दाबी गरे ।

कार्यक्रममा नेकपा-माओवादी केन्द्रीय सदस्य चन्द्रहरि सुवेदी, उमा भुजेल, बाबुराम नेपाली, जनसांस्कृतिक महासङ्घका किशोरचन्द्र ज्ञवाली, रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठ, महिला नेतृ लीला सोमै, राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापक अध्यक्ष लोकबहादुर थापालगायतले आ-आफ्ना धारणा राखेका थिए ।

पचास जिल्लाको प्रतिनिधित्व रहेको राष्ट्रिय भेलामा महासचिव थापा, सचिव नेत्रविक्रम चन्द र सुरेश आलेमगरले प्रशिक्षण दिने भएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>