थप समाचारबुधबार, पौष १०, २०७०
अख्तियारद्वारा व्यवसायी श्रेष्ठ पक्राउ
अख्तियारले श्रेवल्र्ड ट्रेडिङ हाउसका संचालक सुधिर अन्जान श्रेष्ठलाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरणले न्यून गुणस्तरको वितरण ट्रान्सफर्मर खरीद गर्दा अनियमितता गरेको उजुरीको आधारमा उनलाई १० पुसमा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
उजुरीको अनुसन्धानको सिलसिलामा संकलित प्रमाण कागजातका आधारमा अख्तियारले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
अख्तियारले ट्रान्सर्फमर खरीदमा भ्रष्टाचार गरेको अभियोगमा विद्युत् प्राधिकरण उच्च अधिकृतविरुद्ध मुद्दा चलाईरहेको छ ।
