थप समाचारबिहीबार, पौष ११, २०७०

अपमान सहन नसक्दा शिक्षकको मृत्यु

हिमालखबर

थोर्गास्थित राष्ट्रिय माधयामिक विद्यालयका शिक्षक निर्मल ज्ञवालीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ । उनलाई छात्राले दुव्र्यवहारको आरोप लगाएपछि असह्य भएर अत्यधिक मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

शिक्षक ज्ञवाली ८ पुस राति विद्यालय नजिकै मृत अवस्थामा फेला परेका थिए । दिउँसो कक्षा ७ मा अध्ययन गर्ने छात्राले आफूलाई शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । छात्राले आरोप लगाएपछि दिनभर विद्यालयमा तनाव सिर्जना भएको थियो ।

आफूमाथि गलत आरोप लगाइएको भन्दै विद्यालयबाट बाहिरिएका शिक्षक ज्ञवालीले विद्यालय नजिकैको होटलमा ‘सिक्वेन्स’ नामक मदिरा दिउँसोदेखि नै सेवन गरेको र उच्च रक्तचापका समेत बिरामी भएकाले त्यसकै कारण उनको मृत्यु भएको देखिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताए ।

शिक्षक ज्ञवालीको विद्यालय व्यवस्थापन समितिसँग समेत लामो समयदेखि विवाद थियो । होटल नजिकै मृत अवस्थामा फेला परेको र दिउँसो विद्यालयमा तनावसमेत सिर्जना भएकाले स्थानीयवासीले अरु नै आशङ्का गरेको भए पनि शव परीक्षणमा यस्तो कुनै समस्या नदेखिएको निमित्त प्रहरी प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

विज्ञान विषयमा स्नातकोत्तर ज्ञवालीले आठ वर्षदेखि विद्यालयमा अध्यापन गर्दैै आएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>