समाचारबिहीबार, पौष ११, २०७०

समानुपातिक छान्न कांग्रेसमा सकस

हिमालखबर

सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको कांग्रेस पदाधिकारीको अनौपचारिक बैठकमा समानुपातिक सभासद्का बारेमा सामान्य छलफल भए पनि ठोस निर्णय भने हुन सकेन ।

सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच सभासद् छनोटका विषयमा विवाद बढ्दै गएपछि कांग्रेसले ठोस निर्णय गर्न सकेको छैन ।

बैठकपछि कांग्रेस महामन्त्री प्रकाशमान सिंहले १३ गते बस्ने बैठकले सभासद्को टुंगो लगाउने जानकारी दिए ।

छलफलबाट बाहिरिएका नेताहरुले बैठकमा कुनै ठोस कुराकानी नभएको बताए पनि सभासद् छनोट गर्ने क्रममा नेताहरुबीच फरकफरक विचार आएपछि कुनै सहमति नभएको बुझिएको छ ।

बैठकमा सरकार गठन तथा संविधानसभाको बैठक आह्वान गर्ने विषयमा पनि छलफल भएको नेताहरुले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>