थप समाचारबिहीबार, पौष ११, २०७०

छोराको उपचार खर्च नहुँदा रुँदै घर

हिमालखबर

गुल्मीको हस्तीचौर– १ जुकेपानीका कुमार घर्तीले मुटु रोगी १८ वर्षीय छोरा श्यामकोे उपचार गर्न नसकेपछि रोगी छोरालाई अस्पतालमै छोडेर  घर फर्किएका छन् ।

जायजेथा केही नभएका घर्तिले ६ वर्षदेखि विरामी छोरालाई उपचार गर्न नसक्दा घरमै राखेका थिए । कालिका निमवि दोहलीमा ६ कक्षमा पढ्दा विरामी भएपछि श्यामको पढाई समेत छुटेको छ ।

केही महिनाअघि रोगले च्याप्दै गएपछि छिमेकीहरुको सहयोगमा तम्घासको रेसुङ्गा अस्पतालमा ल्याईएका श्यामको मुटुमा प्वाल परेकोले गंगालाल हृदयरोग केन्द्रमा लैजान चिकित्सकले सुझाव दिएका थिए । स्थानीय विद्यालयका शिक्षक र विद्यार्थीहरुबाट ६ हजार चन्दा उठाएर काठमाण्डौ ल्याइएका श्यामको उपचारमा साढे दुई लाख खर्च लाग्ने अस्पतालले बताएपछि उनी  निराश भएर फर्केका हुन् ।

“डाक्टरले अप्रेशन गर्न साढे २ लाख लाग्छ भनेका छन्, त्यत्रो पैसा कहाँ पाउनु,” घर्तींले भने, “अस्पतालको बेडमा ढलेको छोरो टुलुटुलु हेर्दै थियो, मैले केही गर्न सकिन रुँदै फर्केँ ।” चिकित्सकले साढे दुईलाख पहिला नै जम्मा गर्नुपर्ने तर कुल खर्च साढे तीनलाख रुपैयाँ लाग्ने बताएको घर्तिले बताए ।

मजदुरी गरेर बिहान बेलुकाको गर्जो टार्ने घर्तींले छोराको उपचारका लागि सम्पत्ति बेचेर पनि नपुग्ने स्थानीय ईन्द्रबहादुर कुँवरले बताए । अस्पतालले ३० फागुनमा अप्रेशनको मिति तोकको छ तर, घर्तीसँग उपचार खर्च छैन

घर्तीका ६ सन्तानमध्ये श्याम माहिला हुन् । “ कोही दयालुले सहयोग गरिदिए मेरो छोरो बाँच्ने थियो,” कुमार घर्तींले आशा व्यक्त गरेका छन‍् ।

गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>