समाचारबिहीबार, साउन ११, २०६९

पूर्वप्रधानमन्त्री नेपालद्वारा सरकारी गाडी फिर्ता

हिमालखबर

अध्यादेशमार्फत आएको राज्यका भूतपूर्व विशिष्ट पदाधिकारीहरुलाई सुविधा दिने सरकारी निर्णयको विरोध भइरहेका बेला पूर्वप्रधानमन्त्री नेपालले ११ साउनमा सरकारी सुविधाको गाडी फिर्ता गरेका हुन् । जनस्तरबाट व्यक्त भावनाको सम्मान गर्दै आफूले गाडी फिर्ता गरेको नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाडी बाहेक अन्य सुविधा नलिएको पनि उनले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले कामचलाउ सरकारले राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्नुपर्ने बेलामा भूतपूर्व भिआईपीलाई सुविधा दिने भन्दै ध्यान अन्यत्र मोडेर सहमतिको प्रयास विथोल्न खोजेको पनि उल्लेख गरेका छन् ।

यसैबीच, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश लगायतलाई आजीवन प्राडो गाडी, इन्धन खर्च, आवास लगायतका सुविधा दिन गरेको निर्णयको विरोधमा ११ साउनदेखि राजधानीमा रिले अनशन शुरु भएको छ । नेपाल नागरिक समाजले रत्नपार्कस्थित शान्तिवाटीमा सुरु गरेको अनशनप्रति विभिन्न पेशा, व्यावसाय सम्बद्ध संघ-संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>