समाचारशुक्रबार, पौष १२, २०७०

कोइराला नै प्रधानमन्त्रीः बडु

हिमालखबर

कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले सभापति सुशिल कोइरालाले आगामी सहमतीय सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले १२ पुसमा गरेको साक्षात्कारमा सभापतिलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र कुनै विवाद नभएकोले कोइरालाले नै सरकारको नेतृत्व गर्ने बताए ।

कोइरालाको नेतृत्वकै कारण कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको उनको तर्क छ । उनले एमाले र एमाओवादीलाई पनि सरकारमा लैजाने बताए । उनले भने, “एमाले र एमाओवादीलाई बाहिर राखेर सरकार निर्माण गर्ने कुरा कांग्रेसले सोचेको छैन ।”

सहमतीय सरकार निर्माणका लागि कांग्रेसले दलहरुसँग वार्ता अघि बढाइसकेको बडुले जानकारी दिए ।  उनले समानुपातिकतर्फको सभासदको नाम टुंगो लगाउन कठिन भए पनि कांग्रेसले १५ पुसभित्र सभासदको नाम निर्वाचन आयोगमा पठाउने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>