थप समाचारशुक्रबार, पौष १२, २०७०

पत्रकारको सुरक्षामा जोड

हिमालखबर

मानवअधिकार पत्रकार संघ (हुर्जा) को नवौ वार्षिक उत्सवको अवसरमा १२ पुसमा काठमाडांैमा आयोजित कार्यक्रममा बोल्दै कामु सचिव वेदप्रसाद भट्टराईले विगतमा पत्रकारमाथि भएका मानव अधिकार उल्लघंनका घटनामा आयोगले सक्रियता पुर्वक काम गरेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेष चाँदताराले अरूलाई सुसूचित बनाउदै हिड्ने पत्रकारको सुरक्षाका लागि राज्यले विषेश पहल गर्नु पर्ने बताईन् ।

त्यस्तैै गैर सरकारी संस्था महासंघकी अध्यक्ष शर्मीला कार्कीले अरूका अधिकारका कुरा गर्ने पत्रकारहरु आफैं असुरक्षित रहेको बताईन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हुर्जाका महासचिव गणेश प्रसाद घिमिरेले न्युनतम पारिश्रमिक नपाएका पत्रकारलाई पारिश्रमिक दिलाउन हुर्जाले विभिन्न कार्यक्रम गरेको बताए ।

न्युनतम पारिश्रमिक निर्धारण समितिले सार्वजनिक गरेको न्युनतम पारिश्रमिक अध्ययन प्रतिवेदन २०७० का अनुसार ८१ दशमलव ८३ प्रतिशत श्रमजीवी पत्रकारहरू अस्थायी र करारमा काम गरिरहेका छन् । ३८ दशमलव २६ प्रतिशतले मात्र न्युनतम पारिश्रमिक पाएका छन् भने १८ दशमलव १७ प्रतिशत पत्रकारले मात्र स्थायी नियुक्ति पाएका पाएको कार्यपत्रमा उल्लेख छ ।

मीना शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>