समाचारशनिबार, पौष १३, २०७०
आगलागीमा बाबु–छोराको मृत्यु
सप्तरीको धर्मपुर–७ बलुवाका नागेश्वर साहको घरमा मैनवत्तिको आगोले छेउँमै राखिएको पेट्रोलको ग्यालेन सल्किएर ग्याँस सिलिण्डरसमेत भेटेपछि भएको विष्फोटमा परी नागेश्वर र उनका छोरा खलानन्दको ज्यान गएको प्रहरीले जनाएको छ ।
१२ पुस राति खाना खाएर सुतिरहेका ५२ वर्षीय नागेश्वर र उनका छोरा १६ वर्षका खलानन्दको ज्यान गएको हो ।
आगलागीबाट बाबु–छोराको मृत्यु भएपछि पूरै गाविस शोकमा डुबेको छ ।
आगलागीबाट घरमा एक लाखभन्दा बढीको क्षति भएको स्थानीयले बताएका छन् ।
श्रवणकुमार देव, सप्तरी
