समाचारशनिबार, पौष १३, २०७०

भारतीय अभिनेता फारुक शेखको निधन

हिमालखबर

फारुक शेखले लाहोर फिल्मका लागि सन् २०१० मा सर्वश्रेष्ठ सह अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए ।

‘बाजार’, ‘गर्म हवा’, ‘शतरंज के खिलाड़ी’, ‘चश्मे बद्दूर’ र ‘किसी से ना कहना’ जस्ता फिल्ममा उत्कृष्ट अभिनयका लागि चर्चित भारतीय अभिनेता फारूक शेखको हृदयघातका कारण १२ पुस राति दुवईमा निधनमा भएको छ । उनी ६५ वर्षका थिए ।

फारूक एक समारोहमा भाग लिन दुबई गएका थिए । १२ पुस अबेर राति उनलाई हृदयघात भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुबईमा औपचारिकता पूरा गरेर उनको शव आजै मुम्बई ल्याइने उनको पारिवारिक स्रोतले जनाएको छ ।

फारुकले रंगमञ्च, फिल्म र टेलिभिजनमा समेत उत्कृष्ट योगदान दिएका थिए ।

‘गर्म हवा’ फिल्मबाट बलिउडमा प्रवेश गरेका फारुकले ‘बाजार’, ‘शतरंज के खिलाड़ी’, ‘चश्मे बददूर’, ‘किसी से ना कहना’ र ‘नूरी’ जस्ता फिल्ममा स्मरणीय भूमिका निर्वाह गरेका छन् ।

उनको पछिल्लो फिल्म ‘क्लब ६०’ थियो । यसअघि उनी रणबीर कपुरको मूख्य भूमिका रहेको फिल्म ‘ये जवानी है दीवानी’ मा रणबीरको पिताको भूमिकामा देखा परेका थिए ।

फारुकले जी टेलिभिजनको चर्चित कार्यक्रम ‘जिना इसीका नाम है’ समेत सञ्चान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>