समाचारबिहीबार, साउन ११, २०६९

नेताका अनैतिक सम्पत्तिबारे उजुरी दिन आहृवान

हिमालखबर

एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा ११ असारमा आयोजित पत्रकार सम्मेलनमा छानविन आयोगका संयोजक अमिक शेरचनले कुनै पनि केन्द्रीय सदस्य वा नेतृत्वमा रहेका व्यक्तिले कुनै किसिमबाट अनैतिक तरिकाले सम्पत्ति आर्जन गरेको कसैलाई लागेमा प्रमाणसहित उजुरी दिन आहृवान गरेका हुन ।

शेरचनका अनुसार १७ साउनभित्र यस्ता उजुरी खामबन्दी गरी कार्यालय समयभित्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बुझाउन सकिनेछ । उनले उजुरी गर्ने व्यक्तिको नाम गोप्य राखिने जानकारी दिए ।

साउन पहिलो साता काठमाडौँमा सम्पन्न पार्टीको सातौँ विस्तारित बैठकमा कार्यकर्ताहरूले नेतृत्वमा रहेका व्यक्तिहरूले गलत ढङ्गले सम्पत्ति आर्जन गरेको आरोप लगाएपछि शेरचनको संयोजकत्वमा लोकेन्द्र विष्टमगर र नवराज सुवेदी सदस्य रहेको तीन सदस्यीय छानविन आयोग गठन गरेको थियो ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>