थप समाचारशनिबार, पौष १३, २०७०
दोलखामा बस दुर्घटना, एकको मृत्यु १० घाईते
दोलखाको सुनखानी–८ स्थित हुलाके खोलामा १३ पुस दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा खोपाचागु– ८ का मोहनबहादुर कामीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
घाइतेमध्ये दोलखा आलम्पू– ९ का २४ बर्षीय रुपबहादुर थामी, च्यामा–१ का १८ बर्षीय यादव दाहाल, मार्वु–१ का २५ बर्षीय अस्मिता गुरुङ र उनका डेढ वर्षका छोरा हिमान्त गुरुङ, काव्रे– ९ का १७ वर्षीय रामहरी दाहाल र ४ वर्षीय पदमबहादुर दाहाललाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
अन्य घाइतेहरु खोपाचांग– ४ का २२ वर्षीय गोपाल बुढाथोकी, खोपाचांगु– ५ का २० वर्षीय महेन्द्र बुढाथोकी, मार्वु–५ का २३ वर्षीय छिरी शेर्पा, लादुक– ४ का २३ वर्षीय कल्याण खत्रीको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचार भईरहेको छ ।
काठमाडौंबाट दोलखाको सोरुङखोला जाँदै गरेको गौरीशंकर यातायातको वा २ ख ३०५१ नम्बरको बस दिउँसो १: ३० बजे सडकबाट करिब सय फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सर्मिला बुढाथोकी,दोलखा

