समाचारशनिबार, पौष १३, २०७०
काँग्रेस सभासद् छनोटका लागि मापदण्ड तयार
उपसभापति रामचन्द्र पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा १३ पुसमा बसेको संसदीय बोर्डले पार्टीमा निरन्तर क्रियाशील, विभिन्न आन्दोलनमा त्यागतपस्या गरेका र पार्टीलाई जस्तोसुकै सङ्कटको घडीमा पनि सहयोग गरेकाहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसैगरी क्षेत्रीय सन्तुलन मिलाइने र महिला अल्पसङ्ख्यक क्षेत्रको पनि उचित प्रतिनिधित्व गराइने उनले जानकारी दिए ।
१५ पुसमा समानुपातिकतर्फका सभासद्को नामावली निर्वाचन आयोगमा बुझाउने तयारी भएको र आइतबार पुनः बैठक बसेर नामावलीलाई अन्तिम रुप दिइने उपसभापति पौडेलले जानकारी दिए । आयोगले सोमबार राजनीतिक दललाई समानुपातिकतर्फ निर्वाचित सभासद्को सूची बुझाउन आग्रह गरिसकेको छ ।
नेकपा(एमाले)ले ८४ जना निर्वाचित सभासद्को सूची आयोगमा बुझाइसकेको छ ।रासस
