समाचारशनिबार, पौष १३, २०७०

एमाओवादीको सङ्गठनात्मक महाधिवेशन माघमा

रासस

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १३ पुसमा एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी माघ महिनाभित्र साङ्गठनिक संरचना तय गर्नका लागि महाधिवेशन आयोजना गर्न लागिएको बताए । सापकोटाका अनुसार महाधिवेशनको मिति र समय भने १४ पुसदेखि बस्ने केन्द्रीय समितिको बैठकले तय गर्ने छ ।

गत वर्ष हेटौँडामा सम्पन्न सातौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने तय गरे पनि साङ्गठनिक विषयमा कुनै  अवधारणा अगाडि नसार्दा पार्टी समिति भद्दा भएको भन्दै विशेष महाधिवेशन गर्न लागिएको हो ।

फरक प्रसङ्गमा सापकोटाले प्रमुख दल इमान्दार भएर लाग्ने हो भने आगामी एक वर्षभित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सकिने बताए । उनले नवलपरासीको झ्याल्टुडाँडालगायत स्थानमा माओवादी जनमुक्ति सेनाले निर्माण गरेको सहिदढोका भत्काउन थालिएको भन्दै आपत्ति प्रकट गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>