समाचारआइतबार, पौष १४, २०७०

आगालागीमा दुई छोरासहित आमाको मृत्यु

हिमालखबर

आगलागीबाट ध्वस्त झापा सतासीधामस्थित मोनिका भट्टराई बसेको घर । तस्वीर: गोपाल गडतौला ।

झापा सतासीधाम गाविसस्थित एक घरमा १३ पुसा राति आगलागी हुँदा ३२ वर्षीया मोनिका भट्टराई र उनका दुई छोराहरु १३ वर्षीया निकेश र ७ वर्षीया निशानको जलेर मृत्यु भएको छ । मोनिकाका श्रीमान तोम भट्टराई रोजगारीका क्रममा केहिबर्षदेखि बेलायतमा छन् भने मोनिका र दुई छोरासमेत तीन सातापछि बेलायत जाने तयारीमा थिए ।

राति ९ बजेतिर परिवारका तीनैजना सुतिरहेको अवस्थामा घरमा आगो लागेको थियो । छिमेकी घरमा समेत मानिस नभएका कारण चिसो रातमा आगोले घरको अधिकांशभाग जलिसकेपछि मात्रै गाँउमा खबर फैलिएको थियो ।

घरमा बालिएको वत्तिबाट आगलागी भएको हुनसक्ने बताइएको छ । उद्दारको लागि राति १० बजेतिर दमकबाट गएको दमकल दोस्रोपटक पानी भर्न कनकाई नदीमा जाँदा बाटोमै फसेपछि आगो निभाउन झन ढिलो भएको थियो ।

झापाको सुरुंगास्थित होस्टलमा बसेर पढिरहेका निकेश गएको शनिबार मात्रै घर आएका थिए ।

प्रहरीले तिनैवटा शब पोष्टमर्टमका लागि झापा सदरमुकाम चन्द्रगढी पुुर्‍याएको छ ।

मोनिका तिन बर्षदेखि मोरङ दर्बेसास्थित घरबाट झापा सतासीधाममा भिनाजु गणेश बजगाँईको घर पुरै भाडामा लिइ छोराहरु पढाँउदै बसेकी थिइन ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>