थप समाचारआइतबार, पौष १४, २०७०

बालविवाह हुने किशोरीहरु ६०.१ प्रतिशत

हिमालखबर

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०६८ अनुसार कुल विवाहित जनसङ्ख्या एक करोड ३३ लाख ३८ हजार ४९६ मध्ये ८० लाख १८ हजार ३१३ अर्थात् ६०.१२ प्रतिशतले बालविवाह गरेका छन् ।

त्यसैगरी ४० प्रतिशत अर्थात् १३ लाख किशोरीको १९ वर्ष नपुग्दै बिहे भएको सर्वेक्षणमा देखिएको छ । तीमध्ये करिब १७ प्रतिशत अर्थात् साढे पाँच लाख किशोरी १९ वर्षअगावै गर्भवति हुने गरेका छन् ।

कम उमेरमा बिहे गर्नु कानूनविपरीत तथा स्वास्थ्यका दृष्टिले समेत जोखिम हुने गरेको महिला पुनस्र्थापना केन्द्र (ओरेक)की अध्यक्ष डा रेणु राजभण्डारी बताउँछिन् । कानूनले बालविवाहलाई पूर्ण निषेध गरेको भए पनि त्यसलाई रोक्न सकिएको छैन । बालविवाह गर्दा किशोरीको स्वास्थ्य जोखिममा पर्ने गरेको छ ।

कम उमेरमा बिहे गरेका किशोरीहरू आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्दछ । यस्ता किशोरी आमाहरूमा रक्तस्राव, पाठेघरको क्यान्सरजस्ता विभिन्न रोग लाग्ने सम्भावना हुन्छ ।

त्यस्तै विश्व जनसङ्ख्या कोषका अनुसार नेपाललगायत विश्वका विकासोन्मुख देशहरूका ५० करोड किशोरीमध्ये २० करोड किशोरी १९ वर्ष नपुग्दै विवाह गरी आफ्ना प्रगति रोक्न बाध्य छन् ।

बालविवाह गर्ने किशोरीहरूले किशोरावस्थाको अनुभूति लिन नपाउँदा घरको सम्पूर्ण जिम्मेवारी जबर्जस्ती बहन गर्न तथा सक्रिय यौनजीवनमा प्रवेश गर्न बाध्यात्मक अवस्था भोग्नु पर्ने महिला अधिकारका क्षेत्रमा क्रियाशील निर्मला बरालले बताइन् ।

उनका अनुसार बालविवाहले सबल, सक्षम, जुझारु, स्वाभिमानी महिला बन्नमा बाधा ल्याउने काम गर्दछ । कानून अनुसार विवाह गर्दा महिला र पुरुषको उमेर संरक्षकहरूको मञ्जुरी भएमा १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष तोकिएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>