थप समाचारसोमबार, पौष १५, २०७०
‘राप्रपा नेपाल’ फुटाएर ‘नेपाली राप्रपा’ बनाउने प्रस्ताव
राप्रपा नेपालका असन्तुष्ट नेताहरुले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । २० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित उनीहरुले नयाँ पार्टी गठनका लागि १५ पुसमा निवेदन दिएका हुन् ।
टंक ढकालको नेतृत्वमा असन्तुष्ट नेताहरुले नयाँ पार्टी दर्ताको प्रक्रिया थालेका हुन् । उनीहरुले नयाँ दलको नाम नेपाली राप्रपा प्रस्ताव गरेको आयोगका प्रवक्त वीरबहादुर राईले जानकारी दिए ।
राप्रपा नेपालले संविधानसभामा २४ सिट सुरक्षित गरेको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राप्रपा नेपालभित्र समानुपातिकतर्फको सभासद चयनको विषयमा विवाद हुँदै आएको थियो ।
आयोगमा परेको निवेदनमा राप्रपा नेपालका टंक ढकाल, रामृकष्ण आचार्य, घनेन्द्र सुब्बा, रमेश श्रेष्ठ, गणेश शेरचन, इन्द्र चित्रकार, टेकनारायण राजवंशी, रुपसिंह थापा, प्रल्हाद शाह, दशरथ जोशी, वृषबहादुर महत, तीर्थप्रसाद श्रेष्ठ, रामचन्द्र चतुर्वेदी लगायतको हस्ताक्षर छ ।
