थप समाचारसोमबार, पौष १५, २०७०
न्याय माग्दा हिरासत
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास अगाडि धर्ना बसेका दुई युवा अधिकारकर्मीलाई १५ पुसमा प्रहरीले गिरफ्तार गरेको हो । यसरी न्याय माग्दा पक्राउ पर्नेमा युवा अधिकारकर्मी सन्दीप गुरुङ र इशान अधिकारी छन् । उनीहरू दुबैलाई दरबार मार्गबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको हो ।
प्रहरीले धरपकड गर्दा दुई जना घाइते भएका छन् । युवा अधिकारकर्मीहरूले यसअघि काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको निवास धर्ना दिएका थिए । उनीहरूको निवासमा धर्ना दिँदा भने कोही पक्राउ परेका थिएनन् ।
