समाचारशुक्रबार, साउन १२, २०६९
वरिष्ठ पत्रकार झाको निधन
२९ वैशाखदेखि त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा उपचाररत झालाई ११ साउनमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उनलाई मधुमेह, पक्षघात, पार्किसन्स जस्ता रोगले सताएको थियो । झाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छोरा अनिलले जानकारी दिए ।
दि कमनरबाट पत्रकारिता शुरू गरेका झा मातृभूमि, जन्मभूमि, नेपाल टाइम्सलगायतका पत्रपत्रिकामा आवद्ध रहे । २०२८ देखि २०४२ सालको बीचमा नेपाल टाइम्सको प्रकाशक/सम्पादक भएको बेला उनी १७ पटक पक्राउ परेर साढे सात वर्षजेल परेका थिए ।
राजा महेन्द्रको मन्त्री बन्ने प्रस्तावलाई ठाडै अस्वीकार गरेका झाको पत्रकारिताकै कारण ३१ रोपनी जग्गा पंचायती व्यवस्थाले अध्रिगर्हण गरेको थियो ।

