थप समाचारमंगलबार, पौष १६, २०७०

प्यूठानमा कार दुर्घटना, २ को मृत्यु

हिमालखबर

दाङको भालुवाङबाट प्यूठानतर्फ जाँदै गरेको बा ९ च ८४७२ नम्बरको कार भालुवाङ–प्यूठान सडक खण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरु चार जना घाइते छन् । प्यूठान, तिराम–३ अरङखोलामा  १५ पुसमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा मरन्ठाना–६ का अजित केसी र दाखाक्वाडी–४ की धनादेवी धामी रहेका छन् । दुर्घटनापछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनीहरुको दाङको भालुवाङमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

दुर्घटनामा कार चालक दाङ, लालमटिया–३ का मुन्ना जिसी, मृतक केसीका श्रीमति अन्जु केसी, उनकी डेढ महीनाकी छोरी र दाखाक्वाडी–१ की सरस्वती विष्ट घाइते भएका छन् । विष्टको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छभने अरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार चलिरहेका प्रहरीले जनाएको छ ।
देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>