थप समाचारमंगलबार, पौष १६, २०७०

धनुषामा एक वर्षमा १२ को हत्या, १३ बलात्कृत

हिमालखबर

अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१३ मा धनुषामा १२ जनाको हत्या भएको छ । सन् २०१२ मा २१ जनाको हत्या भएको थियो ।

त्यसैगरी २०१३ मा १३ जना महिलामाथि बलात्कार एवम् बलात्कारको प्रयास भएको इन्सेकका धनुषा प्रतिनिधि बिनोद महराले जनाएका छन् । २०१२ मा धनुषा जिल्लामा ६ जना महिलामाथि बलात्कार भएको थियो ।

पछिल्ला केही वर्षयता तराईमा मानवअधिकार उल्लंघनका घटनाहरुमा बृद्धि भएको इन्सेकले जनाएको छ । इन्सेकले सार्वजनिक गरेको मानव अधिकार हननका घटनाहरु समेटिएको वार्षिक प्रतिवेदनमा हत्या, अपहरण जस्ता जघन्य अपराध तथा घरेलु हिंसा जस्ता घटनाहरु बढेको उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदन अधिकांश प्रहरी कार्यालय र मानव अधिकार आयोगमा परेको ऊजुरीको आधारमा तयार गरिएको जनाईएको छ भने ब्यक्तिगत् लेनदेन, घरायशी विवाद लगायतका कारणबाट भएका हत्याका घटनाहरु भने प्रतिवेदनमा समेटिएका छैनन् ।

१५ पुस साँझ जनकपुरमा एक कार्यक्रमको आयोजना गरी इन्सेक धनुषाले वर्ष २०१३ मा कुल १०४ वटा मानव अधिकार हननका घटनाहरु भएको तथ्यांक सार्वजनिक गरेको हो । गत वर्ष सो संख्या १०२ थियो । २१ जना राज्यबाट र ११५ जना गैरराज्य पक्षबाट गरी १ सय ३६ जना पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हत्या तथा मानव अधिकार उल्लघंनका मुद्दा प्रहरी कार्यालय मार्फत् अदालतसम्म पुगेपनि अधिकांशको पहिलो सुनुवाई समेत हुन नसकेकोप्रति कार्यक्रमका सहभागीहरुले चिन्ता ब्यक्त गरेका थिए ।

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>