समाचारमंगलबार, पौष १६, २०७०
मेरी छोरीको हत्या गर्नेलाई सभासद बनाइयोः हेमन्तप्रकाश ओली
रिपोर्टर्स क्लबले १६ पुसमा गरेको साक्षात्कारमा एमाओवादी नेता हेमन्तप्रकाश ओलीले पार्टीले तय गरेको समानुपातिकतर्फको सभासद सूचिप्रति आक्रोश पोखेका छन् । उनले लडाइमा आफ्नी छोरीको हत्या गर्ने पूर्व प्रहरी महानीरिक्षक रविन्द्रप्रताप शाहलाई सभासद बनाएको भन्दै पार्टी निर्णयप्रति चर्को आक्रोश पोखे ।
“२०४० सालदेखि कम्यूनिष्ट पार्टीमा लागेको हुँ । म जनमुक्ती सेनाको कमिसार भएर काम गरे, तीन वर्ष जेल बसें, छोरी गुमाए तर अहिले मेरो ठाँउमा छोरीको हत्या गर्ने रविन्द्र प्रताप शाह सभासद भए ।” उनले भने, “यस्तै अवस्था रहे अध्यक्ष प्रचण्डको नेतृत्व क्षमतामा समेत प्रश्न उठ्छ ।”
पार्टीभित्र त्यागी ईमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउन खोजिएको र अवसरबाट बञ्चित गर्न खोजिएको भान भएको भन्दै उनले अरु पार्टीमा जस्तै एमाओवादीमा पनि प्रदुर्षणले भरिएको टिप्पणी गरे । उनले पार्टीहरुभित्र फैलिएको विकृति अत्न्य गर्न सबै पार्टीका यूवाहरुले संयूक्त रुपमा अन्तर्राष्ट्रिय प्रतिष्ठान बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
