समाचारबुधबार, पौष १७, २०७०

सल्यान र तनहुँमा दुर्घटनाः १७ को मृत्यु

हिमालखबर

काठमाडौंबाट रुकुम जाँदै गरेको बस सल्यानको बासकाँडामा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

बिहान बाक्लो कुहिरो लागेका बेला लु १ ख ८२६० नम्बरको बस बासकाँडा(५ स्थित मुखलाबाट शारदा खोलामा खसेको थियो ।

मृतकहरुको सबैको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

६ पर्यटकको मृत्यु
भारतीय पर्यटक लिएर पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको जीप १६ पुस राति तनहुँको बन्दिपुर ६, चुनपहरा नजिकैबाट मस्याङ्दी नदीमा खस्दा ६ भारतीय पर्यटकको मृत्यु भएको छ।

दुर्घटनामा परी जीप चालक सहित अन्य ५ जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा भारत कोलकत्ताका ५८ वर्षीय विनयकुमार त्रिपाठी, १३ वर्षीय हेमन्त त्रिपाठी, ५६ वर्षीया कलावती त्रिपाठी, ३३ वर्षीय पुनम त्रिपाठी, २० वर्षीया नेहा त्रिपाठी र ३७ की निलम त्रिपाठी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

निलमको उपचारका लागि लैजाने क्रममा र अन्यको घटनास्थलमै मृत्यु भएको हो।

ग १ ञ ६६९ नम्बरको जीप राति पृथ्वी राजमार्गदेखी करिब ६० मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियो।

घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ भने मृतकको शव दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

जिप दुर्घटनामा परी स्याङ्जा पुतलीबजार २ का जिप चालक युवराज गुरुङ्गसहित ८ वर्षीय आशिस दुवे, ९ वर्षीय आरएन दुवे, ३४ वर्षीय सतेन्द्र दुवे र ४३ वर्षीय रविकान्त त्रिपाठी घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>