थप समाचारबुधबार, पौष १७, २०७०

संघीय समाजवादीले समानुपातिकको टुंगो लगायो (नामावली सहित)

हिमालखबर

संघीय समाजवादीले १७ पुसमा निर्वाचन आयोगमा नाम बुझाउन जान लागेको संघीय प्रेस युनियनका अध्यक्ष गोविन्द छन्त्यालले जानकारी दिए । सूचीमा पार्टी अध्यक्ष अशोक राई(उदयपुर), डिबी नेपाली(कास्की), राधा तिमिल्सिना(ललितपुर), उर्मिलादेवि साह(धनुषा) र कादिम सिद्धीकी(वर्दिया) परेका छन् ।

समानुपातिकको सूची बुझाउने म्याद आयोगले १५ पुस तोकेपनि कसलाई सभासद बनाउने भन्ने विवादका कारण आज मात्रै  सूचि बुझाउन लागेको हो । एक लाख २१ हजार २७४ मत ल्याएर समानुपातिकमा पाँच सिट जितेको संघीय समाजवादीले प्रत्यक्षमा भने एक सिट पनि जित्न सकेन ।

संघीय समाजवादीका उपमहासचिव अजम्बर काङमाङ राईलगायतका नेताहरूले भने पार्टी अध्यक्ष  राई अहिले सभासद बन्न नहुने अडान लिएका थिए । उनीहरूले एमाओवादीको मोर्चामा बस्न नुहने तर्क राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>