थप समाचारबुधबार, पौष १७, २०७०

माईती नेपालद्वारा १११ जनाको उद्दार

हिमालखबर

माईती नेपालको वीरगञ्जस्थित ट्रान्जिट होमले सन् २०१३ को जनवरीदेखि डिसेम्बरसम्ममा १११ जना महिला तथा बालबालिकाको उद्दार गरेको छ । भारतमा बेच्न लगिएका २६ महिलासहित १११ जनाको उद्दार गरेको माईती नेपालले जनाएको छ ।

माईती नेपालले भारतको पूर्वीचम्पारणको डुवाह गाउँ, मोतीहारी, आधापुर, दिल्ली, बँगलुरु, कोलकाता,  सुगौली, गाजियावाद लगायतका ठाउँबाट महिला तथा बालबालिका उद्दार गरेको छ । सन् २०१३ मा खोजीका लागि निवेदन परेका ९२ मध्ये ३० जनालाई फेला पारेको माईती नेपालले जनाएको छ ।

उद्दार गरिएकामध्ये ५९ जनालाई माईती नेपालको कार्यालयमा राखिएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>