समाचारबुधबार, पौष १७, २०७०

एमाओवादी सभासदसहित केन्द्रीय सदस्यद्वारा राजीनामा

हिमालखबर

“सिगों कर्णाली एवं पिछडिएको क्षेत्रलाई पार्टीले उपेक्षा गर्‍यो, जनयुद्धको पूरै अपमान भएको छ, लिष्टमा हेरफेर नगरेसम्म म संविधानसभामा भाग लिन्न” १७ पुसमा शाहीसहितका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र पार्टीलाई सम्बोधन गर्दै राजिनामा पत्र पठाएका छन् ।

शाही लगायत केन्द्रीय सदस्य जीवन बुढा, राज्य समिति सदस्यहरु लक्ष्मीप्रसाद चौलागाइँ, गोविन्दबहादुर बटाला, डम्बरबहादुर शाही, हेमजङ्ग शाही, विद्या देवकोट, यसोदा न्यौपाने, सर्वराज सिंह, खेमबहादुर सिंह र जयचन्द्र अधिकारीले आफ्नो पदबाट राजीनामा गरेका हुन् ।

सिंगो कर्णाली क्षेत्रबाट महिला कोटामा हुम्लाकी गोमा गौतमलाई मात्र एमाओवादीले समानुपातिक कोटामा सभासद बनाएको छ ।

गच्छदारका केन्द्रीय सदस्यको पनि राजीनामा

विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकमा पनि समानुपातिक सभासदको चयनको विषयलाई लिएर विवाद भएको छ ।

अध्यक्ष गच्छदारले एकलौटी निर्णय गर्दै पार्टीको तर्फबाट समानुपातिक सभासदहरुको सूची निर्वाचन आयोगमा बुझाएको भन्दै उक्त पार्टीबाट प्रत्यक्ष निर्वाचित सदस्य रामजनम चौधरी सहित चार केन्द्रीय सदस्यहरुले अध्यक्षको निर्णयको विरोधमा केन्द्रीय सदस्य पदबाट राजिनामा गरेका छन्।

राजिनामा दिनेहरुमा चौधरीसहित केन्द्रीय सदस्यहरु मंगलप्रसाद थारु, मानबहादुर महतो र सरिफ अहमद सिद्धिकी छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>