समाचारबुधबार, पौष १७, २०७०

माओवादी नेताविरुद्ध अख्तियारद्वारा मुद्दा

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषदका तत्कालीन कोषाध्यक्ष मनरुप शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोषाध्यक्षको अधिकारको दुरुपयोग गर्दै उनले भ्रष्टाचार गरेको भन्दै अख्तियारले १७ पुसमा अदालतमा मुद्दा दायर गरेको हो ।

नयाँ कर्णाली विकास केन्द्रलाई २५ लाख रुपैंया रकम दिने निर्णय गर्दा उनले पदीय दुरुपयोग गरेको अख्तियारले ठहर गरेको छ ।

शाहीसँगै अख्तियारले नयाँ कर्णाली विकास केन्द्रका अध्यक्ष परेक बहादुर शाही, उपाध्यक्ष अंग बहादुर लामा र कोषाध्यक्ष गोपाल बहादुर रावलविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध भने १४ लाख २३ हजार ६४७ रुपैंया अनियमितता गरेको आरोप छ ।

अख्तियारले १७ पुसमा जारी गरेको विज्ञप्तिमा लेखिएको छः
“समाज कल्याण परिषदका तत्कालीन कोषाध्यक्ष मनरुप शाहीले समाज कल्याण परिषद कार्य संचालन समितिको निर्णयको पालना नगरी बदनियतसाथ नयाँ कर्णाली विकास केन्द्रलाई एकमुष्ट रुपमा रु.२५,००,०००।– (अक्षेरुपी पच्चीस लाख) दिने निर्णय गरी रकम समेत उपलब्ध गराएको देखिंदा निजले सार्वजनिक संस्थाबाट प्राप्त सुबिधा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(३) र ऐ ऐनको दफा १७ द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएको हुँदा निज मनरुप शाही उपर जम्मा बिगो रु.२५,००,०००।– ( अक्षेरुपी पच्चीस लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए अनुसार ऐ.ऐनको दफा ३ (१) को (च) बमोजिम सजाय हुन र नयाँ कर्णाली विकास केन्द्रले समाज कल्याण परिषदबाट प्राप्त गरेको रकम खर्च गर्न जिम्मेवारी पाएका उक्त केन्द्रका अध्यक्ष परेक बहादुर शाही, उपाध्यक्ष अंग बहादुर लामा र कोषाध्यक्ष गोपाल बहादुर रावतले सम्झौताको सर्त उल्लंघन गर्नको साथै प्राप्त अधिकारको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पु¥याई रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) को कसुर गरेको देखिंदा निजहरु उपर रु.१४,२३,६४६।४७ (अक्षेरुपी चौध लाख तेइस हजार छ सय छयालिस रुपैयाँ सतचालिस पैसा) बिगो कायम गरी निजहरु समेत ४ जना उपर आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरियो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>