थप समाचारबुधबार, पौष १७, २०७०
जनमुक्तिले सभासद् फेर्यो
राजधानीमा १७ पुसमा बसेको जनमुक्ति पार्टीको केन्द्रीय समिति बैठकले शिवलाल थापा (तनहूँ) र सीमा वि.क. (रुपन्देही)को नाम सिफारिश गर्ने निर्णय गरेको छ । यसअघि आयोगमा पठाइएको होमाया गुरुङको नाम हटाएर वि.क.लाई सिफारिश गरिएको जनमुक्तिका प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामीले जानकारी दिए ।
दुवै सिटमा एकै समूहका उम्मेदवार सिफारिश गरेको भन्दै १६ पुसमा आयोगले मापदण्ड अनुसार नामावली पठाउन पत्र काटेको थियो । जनमुक्तिले संविधानसभा चुनावमा ६३ हजार ८३४ मत ल्याएको थियो ।
