थप समाचारबिहीबार, पौष १८, २०७०

राप्रपा नेपाल- ढकालसहित १० सदस्य फिर्ता

हिमालखबर

टंक ढकाल

राप्रपा नेपालका अध्यक्ष कमल थापाले समानुपातिकतर्फ सभासद चयन गर्दा मनोमानी ढंगले गरेको भन्दै नेता टंक ढकाललगायतका केन्द्रीय सदस्यहरुले १५ पुसमा नयाँ पार्टी ‘नेपाली राप्रपा’ गठन गरेको घोषणा गरेका थिए ।

असन्तुष्ट पक्षका ढकालसहित केन्द्रीय सदस्यहरु रामकृष्ण आचार्य, वृषबहादुर महत, इन्द्र चित्रकार, गीता बस्नेत, तीर्थ श्रेष्ठ, धनबहादुर थापा, गोविन्द खनिया, दशरथ जोशी र रुपसिंह थापाले अलग्गै पार्टी गठनका लागि गरेको दस्तखत फिर्ता लिई पार्टीमा फर्केको पार्टीका केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए ।

पार्टीको जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले असन्तुष्ट पक्षका नेतालाई आज १८ पुस ५ बजेसम्म फिर्ता हुन समय दिएको थियो ।

केन्द्रीय सदस्य श्रेष्ठले पार्टीको १९ पुस बिहान बस्ने बैठकले फर्कन बाँकी रहेका सदस्यका बारेमा निर्णय लिने जानकारी दिए ।

यता १८ पुसमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ढकालले नयाँ पार्टी खोल्न खोज्नु आफ्नो भुल भएको भन्दै आत्मालोचनासहित आफूहरु राप्रपा नेपालमै फर्किएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>