समाचारशनिबार, साउन १३, २०६९
जीप दुर्घटनामा एकै परिवारका १४ को मृत्यु
भारतीय नम्बर प्लेटको बिआर१वाई, ए ४६७८ नम्बरको जीप सडकबाट ८० मिटर तल कुरुगा खोलामा खस्दा गुल्मी थानपतिका धनबहादुर रानाका परिवारको ज्यान गएको हो । दुर्घटनामा आठ महिला, चार बालबालिका र तीन पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । मृतकको शव पानीमा डुबेको अवस्थामा प्रहरी र स्थानीयले बाहिर निकालेका छन् ।
घटनामा घाइते भएका १० वर्षीय निलेश राना र ३० वर्षीय सतेन्द्र रानाको लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ । घटना मध्यराति भएको हुन सक्ने अनुमान गरिए पनि १३ साउन बिहान साढे सात बजे बाख्रा चराउन गएका बेला स्थानीयले दर्ुघटनामा परेको गाडी देखेर प्रहरीलाई खबर गरेका थिए ।
ज्ञानेन्द्र गैरेका अनुसार दुर्घटनामा परेको गाडी देखेर घटनास्थलमा पुग्दा १४ जनाको ज्यान गैसकेको थियो । पंजाब एन्ड सिन्ध बैंकमा म्यानेजर थानपति गुल्मीका धनबहादुर राना मगरको ५ दिनअघि भारतमै ज्यान गएपछि उनका परिवार घरमा किरिया गर्न आउँदै थिए ।
रिडी गुल्मीका कुलबहादुर बोहोराका अनुसार सतेन्द्रका दुई श्रीमती, उनीहरुका छोरा, छोरी, बुहारी र नाती, नातिनाहरु किरियाको लागी घरमा आएका बेला दुर्घटना भएको हो । उनीहरुको परिवार ३० वर्षेखि भारतमै बस्दै आएका थिए ।
देव पचभैया, पाल्पा
