समाचारशुक्रबार, पौष १९, २०७०

भद्रपुर बजारमा आगलागी, लाखौंको क्षति

हिमालखबर

भद्रपुर बजारका घुसरु हलुवाइको घरमा रहेको ‘बिनाका टेलर्स’बाट विद्युत् सर्ट भई शुरु भएको आगलागीमा उनको रु १० लाखसहित सामान र नजिकको घर तथा होटेलका गरी रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । वैदेशिक रोजगारमा रहेका छोराले पठाएको नगद रु पाँच लाखसमेत जलेर नष्ट भएको पीडित हलुवाइले जानकारी गराएका छन् ।

त्यसैगरी, नारायण हलुवाइको नगद रु ७० हजारका साथै कोठामा रहेका टेलिभिजन, फ्रिज, गरगहनासमेत गरी रु दुई लाख बराबरको सम्पत्ति नष्ट भएको छ ।

यसका साथै, बिनाका टेलर्सका सञ्चालक खेमचन्द्र हलुवाइको नगद रु दुई लाख र पसलमा रहेका कपडालगायतका सामान गरी रु आठ लाख, अर्का सूचीकार रहरबहादुर रनपाइलीको नगद रु एक लाख ८० हजारसमेत रु छ लाखका सामान, प्रियङ्का मोबाइल पसलका सञ्चालक रवी अग्रवालको रु पाँच लाख ५० हजार बराबरको मोबाइल लगायतका सामान जलेर नष्ट भएको पीडितले जानकारी गराएका छन् ।

पसल बन्द रहेको समयमा आगलागी भएको हो । स्थानीय जनता र प्रहरीको सहयोगमा भद्रपुर, मेचीनगर र दमक नगरपालिकका बारुणयन्त्र परिचालन गरी एक घन्टामा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको बताइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>