थप समाचारशुक्रबार, पौष १९, २०७०
खैरो हेरोईनसहित भारतीय नागरिक पक्राउ
पर्सा प्रहरीले भारतीय शहर रक्सौलबाट टांगामा वीरगञ्ज आउंदै गरेका बिहारको मोतिहारीका ४८ वर्षीय मुरत शर्माका साथबाट ३५० ग्राम खैरो हेरोईन वरामद गरेको छ ।
पक्राउ परेका शर्मालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालको सीमामा रहेको रक्सौल बजारमा खुल्लारुपमा खैरो हेरोईन लगायत अन्य लागुपदार्थहरु बिक्री हुनेगरेको छ ।
बिम्मी शर्मा
