थप समाचारशुक्रबार, पौष १९, २०७०

हत्या अभियुक्त एमाओवादी सभासद

हिमालखबर

एमाओवादीले प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका मण्डललाई समाुनपातिकतर्फको सभासद बनाएको छ । महोत्तरी सहसौला–६ का रामविलास मण्डलको हत्या अभियोग लागेका उनलाई एमाओवादीले सभासद बनाएको खुलासा भएको हो ।

गाउँको बाँधको विषयमा सामान्य विवाद हुँदा लालेन्द्रसहितका उपेन्द्र मण्डल, गनौरा मण्डल, रामपदारथ मण्डल र चन्देश्वर मण्डलले १६ भदौ २०६९ राति रामविलास मण्डलको हत्या गरेका थिए । पीडित परिवारको किटानी जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले ४ माघ २०६९ मा वारेन्टसहितको ७० दिने म्यादपूर्जि जारी गरेको थियो । ईलाका प्रहरी कार्यालय रामगोपालपुरले १० माघ २०६९ मा लालेन्द्र फरार रहेको भन्दै म्याद तोमली गरेको थियो ।

मृतकका छोरा श्रीनारायण मण्डलले १९ पुसमा रिपोर्टर्स क्लबमा जिल्ला अदालतको  सरकारी फौजदारी मुद्दा नम्बर ००८९१ मा फरार रहेका लालेन्द्रलाई पक्राउ गर्नुको सट्टा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी रामप्रसाद श्रेष्ठले नै संरक्षण दिएको आरोप लगाए । प्रहरीले नै फरार भन्दै मोष्टवाण्टेडको सूचीमा राखेका लालेन्द्रलाई चुनाव प्रचारको बेला एसपी श्रेष्ठले नै तीन जना प्रहरी जवान अगंरक्षकको रुपमा दिएको पीडित परिवारको आरोप छ ।

रामविलासको हत्या आरोप लागेकामध्ये उपेन्द्र भने साधारण तारेखमा छुटेको, गनौरा नौ महीनादेखि पुर्पक्षको क्रममा थुनामा रहेको र अरु तीन जना फरार रहेको प्रहरीको रेकर्डमा भए पनि लालेन्द्र भने खुल्लारुपमै जिल्लामा सक्रिय भई सभासद बनेका हुन् । आरोपी रामपदारथ र चन्देश्वर भने अझै फरारै छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>