समाचारशुक्रबार, पौष १९, २०७०

आइतबारदेखि न्यायालय बिहान ९ बजेदेखि

रासस

न्यायालयका कर्मचारीले गत फागुनदेखि प्रोत्साहन भत्ता लिँदै आएका छन् । सर्वोच्च अदालतका शाखा अधिकृत देवेन्द्र ढकालले सर्वोच्चका सबै शाखा एक घन्टा चाँडैदेखि खुला राख्न परिपत्र गरिसकेको जनाएका छन् ।

अदालतको आन्तरिक कामकाज गरेबापत न्यायपालिकाका कर्मचारीलाई आव २०७०। ०७१मा शुरु तलबमानमा बढीमा ५० प्रतिशतमा नबढ्ने गरी प्रोत्साहन भत्ता दिने निर्णय भएकाले साबिकको कार्यालय समयभन्दा अतिरिक्त काम गर्नुपर्ने र एकै समयमा अतिरिक्त काम गर्न उपयुक्त हुने भएकाले यही पुस ११ गतेको निर्णयबमोजिम बिहान ९ बजेदेखि नै कार्यालय खुला गर्न भनिएको छ ।

अदालतका प्रवक्ता श्रीकान्त पौडेलले भत्ता खाने र काम नगर्ने प्रवृत्ति अन्त्य गर्न ९ बजेदेखि नै सबै तहका न्यायालय खुृला गर्न लागिएको र यसबाट आन्तरिक कामकारबाही चुस्त हुने, फैसला तयार पार्नेदेखि सबै आन्तरिक काम कारबाहीमा सहज हुने र सेवाग्राहीलाई पनि सजिलो हुने जानकारी दिए ।

सम्बद्ध कर्मचारीले आफूले सम्पादन गरेको कामका आधारमा बढीमा ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता लिन पाउने भएका छन् । सो निर्णयले अब न्यायालय कात्तिक १६ देखि माघ १५ सम्म सात घन्टा र अन्य सयमा आठ घन्टा खुला हुने छ ।

प्रोत्साहन भत्ता खाने राजस्व समूह अन्तर्गतका कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, माहालेखा परीक्षकको कार्यालयलगायतमा भने अतिरिक्त समय काम गर्नुपर्ने औपचारिक निर्णय भएको छैन ।–––––––

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>