समाचारशुक्रबार, पौष १९, २०७०

केसीलाई सभासद्को हैसियतले काम गर्न खुला

हिमालखबर

विभिन्न क्षेत्रबाट हालसम्म परेका २० उजुरीमध्ये निर्वाचनमा धाँधली गरिएको भन्दै पहिलो उजुरी परेका सोलुखुम्बुबाट निर्वाचित नेपाली कांग्रेसका सभासद् बलबहादुर केसीलाई अदालतले अन्तिम निर्णय नभएसम्म सभासद्को हैसियतले काम बाटो खुला गरिदिएको छ ।

‘निर्वाचनका बेला धाँधली गरेर नेता केसी विजयी भएकाले सभासद्को हैसियतले सपथलगायत कुनै पनि कार्य नगर्न नगराउन’ अन्तरिमकालीन आदेश माग गर्दै एमाओवादीका गोम्बु शेर्पाले गत १२ मंसीरमा अदालतमा उजुरी दर्ता गराएका थिए ।

अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्रलाल र सुशीला कार्कीको इजलासले सो उजुरीमा अन्तरकालीन आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको र अन्तिम निर्णय नभएसम्म यथास्थितिमा राख्ने आदेश दिएकाले हालका लागि बाटो खुला भएको उपरजिस्ट्रार विश्वराज पौडेलले जानकारी दिए ।

उजुरीमा विपक्षी केसीका तर्फबाट बहस गरेका कानून व्यवसायी यदुनाथ खनालले उजुरीकर्ता अदालतमा उपस्थित नभएको र उनका तर्फबाट कुनै पनि कानून व्यवसायीले बहस पनि गर्न नआएकाले अदालतले यस्तो आदेश गरेको बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>