थप समाचारशुक्रबार, पौष १९, २०७०
घोराही–लमही सडक १७ दिन बन्द हुने
घोराही लमही सडकखण्ड अन्तर्गतको मसोट उकालोमा सडक मर्मत गर्नुपर्ने भएपछि २० पुसदेखि ७ माघसम्मका लागि उक्त बाटो बन्द हुने भएको छ ।
घोराही लमही सडक बन्द भएपछि पूर्वबाट आउने सवारी साधनहरुले अमिलिया–तुलसीपुर सडकलाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्नुपर्नेछ ।
लमहीदेखि घोराही जाँदा अमिलिया–तुलसीपुर हुँदै जानुपर्ने भएपछि यातायात ब्यवसायीले हालको भाडामा १०० रुपैयाँ थप गरी १५५ रुपैया पु¥याएका छन् भने लमहीदेखि तुलसीपुरको भाडा रु. १०५ कायम गरिएको छ ।
२४ किलोमिटरको घोराही लमही सडकखण्ड बन्द भएपछि अब घोराही आउने यात्रुहरुले ६९ किलोमिटर बढी यात्रा गर्नुपर्नेछ भने, तुलसिपुरसम्म पुग्ने यात्रुहरुले २१ किलोमिटर बढीे यात्रा गर्नुपर्नेछ ।
लमहीदेखि अमिलियासम्मको दुरी ४० किलोमिटर छ भने, अमिलियाबाट तुलसीपुरसम्म २९ किलोमिटर छ ।
देविका घर्ती मगर, दाङ
